किस्पाङ दुर्घटना : घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने नेता केसीको माग

लोकपथ
6.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नुवाकोटको किस्पाङमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले गृहजिल्लामा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका हुन् ।

नेता केसीले दुर्घटनामा परि मृत्यु हुनेप्रति श्रद्धाञ्जली साथै घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

नेता केसीले दुर्घटनाबाट घाइते हुनेहरुको उपचार सरकारले व्यवस्था गर्न आग्रह गरेका छन् ।

‘दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। सम्पूर्ण घाईतेहरुको सबै उपचार खर्चको व्यवस्था सरकारले गरोस् ।’ नेता केसीले भनेका छन् ।

सोमबार बिहान किस्पाङ गाउँपालिका भुमेस्थानमा भाल्चे हुँदै काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ भुमेस्थानमा दुर्घटनामा परेको थियो ।

त्यसैगरी घाइतेहरुको तत्काल उद्दार व्यवस्थापन र अस्पताल पुर्याउन , प्रशासन प्रहरी ,एम्बुलेन्स चालकहरु र स्थानीय जनता, उपचारमा खटिने सम्पुर्ण स्वास्थ्यकर्मीहरुको कार्य र तदारुकता प्रशंसनीय रहेको बताए ।

सोमबार बिहान भुमेस्थानमा भाल्चे हुँदै काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नं को बस दुर्घटना भएको हो । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने घाइतेसंख्या ५२ पुगेको स्थानीय प्रशासनले जनाएको छ । घाइतेहरुको जिल्लाको त्रिशुली अस्पतालसहित काठमाडौंको ट्रमा सेन्टर र ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?