अन्तरिक्षमा रसियाले कुन दृश्यको छायाङ्कन गर्‍यो

लोकपथ
962
Shares

विश्वको चलचित्र क्षेत्रमा सधैँ हलिउडले छलाङ मार्दै आएको मा यस पटक भने रसियन चलचित्र निर्माता र कलाकारहरूको टोलीले बाजी मारेका छन् ।

साइन्स फिक्सनका सयौँ चलचित्र थ्रिडी एनिमेसन गरेर प्रदर्शन गर्दै आएको हलिउडले अन्तरिक्षको एक कथामा निर्माण हुने चलचित्रको छायाङ्कन अन्तरिक्षमै गएर गर्ने घोषणा गरेको थियो । हलिउडका अभिनेता टम क्रुज र उनको टिमले आफ्नो आगामी चलचित्र ‘मिसन इम्पोसिबल’ का लागि नासा र स्पेस एक्सको सहयोगमा अन्तरिक्षमा जाने योजनामा थिए । तर एक जना रसियन अन्तरिक्ष यात्री र दुई चलचित्रकर्मीले १२ दिन अन्तरिक्षमा सुटिङ गरेर हलिउडको यो योजनालाई भङ्ग गरिदिएका छन् ।

‘च्यालेन्ज’ चलचित्रको छायाङ्कन गर्न अभिनेत्री युलिया पेरेसिल्ड र निर्देशक क्लिम शिम्पे अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र गत ५ अक्टोबरमा अन्तरिक्ष तर्फ गएका थिए । चलचित्रको कथा अनुसार युलिया शल्य चिकित्सक हुन्छिन् जसले अन्तरिक्षमा रहेका वैज्ञानिक ओलेग नोबित्स्कीको आपतकालिन रूपमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । अन्तरिक्षमा पछिल्लो ६ महिना देखि रहेका नोबित्स्कीले बिमारी परेका अन्तरिक्ष यात्रीको भूमिका निभाएका थिए ।

अन्तरिक्षमा १२ दिन सुटिङ गरेर रसियन चलचित्र उद्योगले हलिउडको अन्तरिक्षमा पहिलो पटक सुटिङ गर्ने क्षेत्रको श्रेय पाउने योजनालाई पछाडि धकेलिदिएको छ । यो सुटिङको घटनाले अहिले अन्तर्राष्ट्रिय चलचित्र उद्योगमा नयाँ बहस सिर्जना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?