कैदी नम्बर ‘९५६’ : आर्यन खानलाई स्पेशल ब्यारेकमा शिफ्ट, बढाइयो सुरक्षा

लोकपथ
10.7k
Shares

काठमाडौं । बलिउड स्टार शाहरुख खानको छोरा आर्यन खान ड्रग्स मुद्दामा आर्थर रोड जेलमा रहेका छन्।

आर्यन जेलमा सामान्य कैदीहरु जस्तै बसिरहेका छन् । आर्यनको परीक्षण नम्बर ‘N९५६’ हो। जेलमा एक विचाराधीन कैदीलाई उसको नामले होइन उसको नम्बरले बोलाइने गरिन्छ ।

आर्यन खान

रिपोर्टका अनुसार आर्यन खान जेलमा सामान्य कैदीहरु भन्दा धेरै सुविधाहरु प्राप्त गर्दैछन्। आर्थर रोड जेलमा रहेका आर्यनको सुरक्षा बढाइएको छ। आर्यनलाई अन्य कैदीहरु भन्दा अलग एक विशेष ब्यारेकमा राखिएको छ। उनलाई क्रुज ड्रग्सका बाँकी अभियुक्तहरुलाई भेट्न दिइएको छैन।

शाहरुख खान, गौरी, आर्यन, सुहाना र अब्राम

आर्यन खानले घरबाट ४५०० रुपैयाँको मनी अर्डर प्राप्त गरेका छन्, उनले उक्त पैसा खाना र आफ्नो मनपर्ने चीजहरु क्यान्टीनबाट अर्डर गर्न सक्छन् । तर त्यो त्यतीबेला मात्रै सम्बझ हुन्छ जब अदालतको आदेशपछि जेल प्रशासनले उनलाई अनुमति दिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?