साढे ३३ किलो सुनकाण्डः ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा प्रक्राउ परेका नेपाली प्रहरीका ७ जना अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय मोरङले ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो ।

त्यस्तै प्रहरी पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहोन, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सञ्जय राउत, सई बाल कृष्ण संजेल र प्रहरी जवान विष्णु खड्कासहित २९ जनालाई प्रक्राउ गरी अदालत पेस गरिएको छ । त्यस्तै राप्रपा नेता भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान, ज्यूरोडको आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्य, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमा श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारुलाई मुद्दा चलाइएको जिल्ला अदालत मोरङले जनाएको छ ।

साथै सुन तस्करी गिरोहमा संलग्नमा मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे, राजन कुमारलाई पनि बुधबार जिल्ला अदालतमा बुझाइएको हो । यसैगरी प्रहरीले तस्करीका मुख्य नाइके भनेका चूडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री, रमेश उप्रेती, निरु खरेल, मोहनकुमार अग्रवाल। रमेश उप्रेती, दुर्गा खरेल उप्रेती, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, भविन राई कमल कार्की, सन्दीप खड्का, प्रयास पराजुली र सुरेन्द्र गौतमलगायतलाई फरार प्रतिवादी बनाई मुद्दा दर्ता गरीएको छ ।

त्यस्तै गत माघ ९ गते दुबईबाट ल्याइएको साढे ३३ किलो सुन हराएपछि खोजबिन सुरु भएको थियो । उक्त हराएको सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको गत फागुन १८ गते हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?