काठमाडौं । भारतमा जुम्ल्याहा दाजुभाईको एकै पटक मृत्यु भएका छ । भारतको सिद्धार्थ विहार गाजियाबादको प्रतीक ग्रान्ड कार्नेशिया सोसाइटीमा बस्दै आएका सत्य नारायण र सूर्य नारायणको २५० फिट माथि भवनबाट खसेर मृत्यु भएको हो ।

जब उनीहरु राती २५० फिट माथि भवनबाट खस्दा ठूलो आवाज स्थानियबासीहरुले बताएका छन् । मानिसहरुले दुईवटा सवारी साधन एक आपसमा ठोक्किए आशंका गरेका थिए ।
सोसाइटीको मुख्य गेटका सुरक्षा गार्डका अनुसार राती १:०५ बजे ठूलो आवाज आयो। उनले सोचे कि सोसाइटी भित्र कुनै सवारी ठोक्किए । तर उनले आबाज आएको ठाँउमा हेर्दा दुबै किशोरहरुको शव हिड्ने ट्रयाकको बिचमा रहेको घाँसमा पल्टिएको थियो।

धेरैजसो उनीहरु दुई जनासँगै बस्थे। खाना खान होस या खेल्ने बेला उनीहरुसँगै हुने गर्दथे । सत्य नारायण सूर्यनारायण भन्दा एक मिनेट मात्रै जेठा थिए।

मृतकको परिवारले छ महिना पहिलेमात्रै फ्ल्याट किनेका थिए । उनीहरु उक्त फ्ल्याटमा पाँच महिना बस्दै आएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया