सेयर बजारमा पहिरो

लोकपथ
2k
Shares

काठमाडौं । सेयर बजारमा ब्याजदरको प्रत्यक्ष प्रभाव परेको छ । आजदेखि लागु हुनेगरी बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर प्रकाशन गरेका छन् । अधिकांश बैंकहरुले व्याजदर बढाएका छन् । बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर ११.१० प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् ।

यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो । यो समाचार तयार पर्दासम्म सेयर कारोबार मापक नेप्से परिसूचक ६१.९२ अंकले घटेर २५९५.०४ बिन्दुमा पुगेको छ । १ बजेसम्म २१४ कम्पनीको ४० लाख ४० हजार ५ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड ६४ लाख १४ हजार ४ सय २५ रुपैयाँको कारोबार भएको छ ।

यो समाचार तयार पर्दासम्म १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?