माल्दिभ्सबाट सिधै इन्डोनेसिया गए रोहित चन्द

लोकपथ
16.3k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका रोहित चन्द आज माल्दिभ्सबाट इन्डोनेसिया प्रस्थान गरेका छन् ।

इन्डोनेसियामा जकार्ता पर्सिजाबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित साफ च्याम्पियनसिपको फाइनल सकेपछि इन्डोनेसिया गएका हुन् ।

रोहित चन्दले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफू माल्दिभ्सबाट इन्डोनेसिया जान लागेको बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्- “समस्त फुटबलप्रेमी नेपालीहरुको माया र हौसला सहित साफ च्याम्पियनसिप (SAFF CHAMPIONSHIP) को फाइनल सम्मको यात्रा तय गर्न सफल भयौं तर इतिहास रच्ने सुनौलो अवसर बाट चुक्यौ। राष्ट्रिय टोलिको सदस्यको रुपमा सगौरव देशप्रतिको जिम्मेवारी पूरा गरि क्लब Persija को जिम्मेवारी पूरा गर्न माल्दिभ्सबाट इन्डोनेशिया प्रस्थान गर्दैछु। मलाई अनि सम्पुर्ण नेपाली टिमलाई माया गर्नु हुने सम्पूर्णलाई हृदयदेखिनै धन्यवाद दिन चाहान्छु।”

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपविजेता बनेको थियो । अन्य नेपाली टोली भने आजै स्वदेश फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?