टी-ट्वान्टी विश्वकपमा आज दुई खेलहरु हुँदै

लोकपथ
2.7k
Shares

काठमाडौं । युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज सोमबार दुई खेलहरु हुँदैछन् ।ओमानको अल अमारतमा आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्स भिड्ने छन् । आयरल्याण्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा श्रीलंका र नामिबियाभिड्दै छन् । श्रीलंका र नामिबियाबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?