लेवान्डोस्कीको दुई गोलमा बायर्नको शानदार जित

लोकपथ
195
Shares

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई दुई गोल गरे । थोमस मुलरले एक गोल गरे ।

त्यस्तै, लिभरकुसेनका प्याट्रिक सिकले एक गोल फर्काए ।

जितसँगै बायर्नले ८ खेलमा १९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लिभरकुसेन १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?