बार्सिलोनासँग भ्यालेन्सिया पराजित

लोकपथ
208
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पाँचौं मिनेटमा जोसे गयाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, खेलको १३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

Image

खेलको ४१ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए ।

यस्तै खेलको ८७ औं मिनेटमा सर्जियो अग्युरोले बार्सिलोनाका लागि डेब्यू गरेका थिए । जितसँगै बार्सिलोनालले ८ खेलमा १५ अंक जोडेको छ । बार्सिलोना लिगको सातौं स्थानमा रहेको छ ।

भ्यालेन्सिया १२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?