घरेलु मैदानमै न्युकासल स्तब्ध

लोकपथ
182
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित हात पारेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले न्युकासल युनाईटेडलाई ३-२ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।

खेलको दोस्रो मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा तान्गुय एन डोम्बोलेले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको २२ औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटेनहम २-१ ले अघि रह्यो ।

Image

पहिलो हाफको इन्जुरी समयमा सन ह्युङ मिनले गोल गर्दा टोटेनहम ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा एरिक डायरले आत्मघाती गोल गरेपनि टोटेनहम ३-२ ले विजयी भयो । त्यस्तै खेलको ८३ औं मिनेटमा जोन्जो शिल्भीले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै टोटेनहमले ८ खेलमा १५ अंक जोडेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ । न्युकासल ३ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?