हामी मुद्दामा आधारित पार्टी हौँ : कृषिमन्त्री यादव

लोकपथ
299
Shares

एसपी यादवर/ सर्लाही । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जनता समाजवादी पार्टी मुद्दामा आधारित पार्टी रहेको बताएका छन् ।

आइतबार (आज) जिल्लाको बसबरिया गाउँपालिका- ४ धनगढा र बरहथवामा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आयोजना गरेको शुभकामना आदानप्रदान, स्वागत तथा सम्मान एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

देशमा पहिचान र अधिकारको लामो लडाइ आफू र आफ्नो पार्टी निरन्तर लडिरहेको बताउदै मन्त्री यादवले भने, ‘जसपा फुटेको होइन, पार्टीमा रहेका भगौडा र बेइमानहरु पार्टीबाट गएका मात्र हुन् ।’ उनीहरु पार्टीबाट गएपछि अहिले प्रदेश नं. ६, ७, ५, ४ र २ को प्रदेश सरकारमा जसपाको तर्फबाट मन्त्री रहेको र प्रदेश नं। १ र ३ को प्रदेश सरकारमा जसपालाई सहभागी गराउने कुरा पक्का भएको उनले बताए ।

त्यस्तै संविधान संशोधन, समान जनसंख्याका आधारमा राज्यको विभिन्न निकायमा प्रतिनिधित्व हुनुपर्ने, झुठा मुद्दा फिर्ता लिनुपर्ने, अपाङ्गता भएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सपना लगायतका माँगहरु सरकारले अझै पूरा गर्न नसकेको बताउदै मन्त्री यादवले भने, ‘हामी मुद्दामा आधारित पार्टी हौँ ।’

आइतबार सम्पन्न सो कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी (केन्द्र) का ४ सय नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । विभिन्न पार्टीबाट जसपामा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई स्वागत गर्दै मन्त्री यादवले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराए ।

उक्त कार्यक्रममा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, पार्टीका केन्द्रिय सदस्य भाग्य नारायण यादव, प्रदेश सांसद संजय यादव, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, उपाध्यक्ष गणेश यादव, कबिलासी नपाका मेयर कौशल किशोर यादव, सर्लाही निर्वाचन क्षेत्र नं। २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?