१८ मङ्सिर २०७८, शनिवार

भारतमा वर्षा र बाढीबाट मृत्यृ हुनेको संख्या २२ पुग्यो

२०७८,आश्विन,३१,आईतवार १९:३२

333
Shares

काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ । बाढीमा परेर आज बिहानसम्म १८ जनाको ज्यान गएको थियो ।
हराइरहेका केही व्यक्तिको शव आइतबार अपराह्न भेटिएको थियो । त्यसपछि सो संख्या बढेर २२ पुगेको बताइएको हो ।

भारतका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहानसम्म पनि बर्षा जारी रहेको छ ।

बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन् । अधिकारीहरुले आइतबार पनि बर्षा जारी नै रहेको बताएका छन् । बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,३१,आईतवार १९:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बेलायतमा हालसम्म ४२ जनामा संक्रमणको पुष्टि भइसकेको छ । यस्तै पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या

रुसमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा  झण्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त

काठमाडौं । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९