हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
117
Shares

१.पाँच दिनको दशैं बिदापछि आजबाट सरकारी कार्यालयहरु खुले,सरकारी कार्यालय खुलेपनि सेवाग्राहीको चाप भने कम,कर्मचारीको उपस्थिति पनि न्यून ।

२.आज विजयादशमीको तेस्रो दिन,मान्यजनबाट टीका र जमरासहित आशीर्वाद लिनेक्रम जारी, टाढा जानुपर्नेलाई पर्याप्त सवारी साधन नचल्दा भने समस्या ।

३.दशै मनाउन काठमाडौं उपत्यका छोडेर पुख्यौंली थलो गएकाहरु फर्किन थाले, उपत्यकामा बिस्तारै चहलपहल बढ्दै ।

४.गृहमन्त्री बालकृष्ण खाँणद्वारा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपासँग भएको सहमति कार्यान्वयनको पहल शुरु, आइतबार कानूनमन्त्री दिलेन्द्र बडु लगायतसँग छलफल ।

५.नेकपा एकीकृत समाजवादीद्वारा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता, झलनाथ खनाल बने सम्मानित नेता खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी ।

६. रक्षा मन्त्री मिनेन्द्र रिजालबाट आज नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण, सेनाको क्षमता अभिबृद्धिका लागि आफू हरसंभव प्रयत्नशील रहने मन्त्री रिजालको प्रतिवद्वता ।

७. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ७७ परीक्षणमा थप ३ सय ९१ जना संक्रमित, ६ सय ८० जना कोरोना संक्रमणमुक्त, ६ जनाको मृत्यु

८. आज विश्व गरिवी निवारण दिवस, नेपालमा बिगत ९ वर्षदेखि गरीव पहिचान गरी परिचयपत्र वितरण गर्ने कार्यक्रम उपलब्धिबिहीन, दशैमा पाँच लाख गरिवलाई राहत दिने कार्यक्रम भएन कार्यान्वयन ।

९.सिन्धुपाल्चोकबाट काठमाडौं आँउदै गरेको यात्रुबाहक बस जिरी सडक खण्डमा दुर्घटना, ३५ यात्रु सवार मध्ये ४ जनाको अवस्था गम्भीर उपचारका लागि धुलिखेल अस्पताल लगियो

१०.न्यून चापीय मौसमी प्रणालीका कारण नेपालमा अझै तीन दिनसम्म पानी पर्ने संभावना, उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने ।

११. दशै विदापछि खुलेको शेयर बजार आइतबार १७ दशमलव ५९ अंकले उकालो लाग्यो, १ अर्व ४९ करोडको सेयर कारोबार ।

१२ .गाली गलौज गरेको भन्दै प्रदेश २ को लोकसेवा आयोगले एकजनालाई कालोसूचिमा राख्यो, कालोसूचिमा परेका महोत्तरीका एकजनाले १ वर्षसम्म आयोगले लिने परीक्षामा सहभागी हुन नपाउने ।

१३. अन्तरिक्षमा फिल्म सुटिङ गर्न गएको रुसी कलाकारको टोली आज पृथ्वीमा फर्कियो, १२ दिनसम्म अन्तरिक्षमा फिल्म सुटिङ ।

१४.इग्लिस प्रिमियर लिग फुटबलमा आज राति न्युक्यासल युनाइटेड र टोटनह्याम हट्स्पोर भिड्दै, घरेलु मैदानमा टोटनह्यामलाई हराएर जित निकाल्ने दाउमा न्युक्यासल ।

१५.आजबाट टी –ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता शुरु, प्रतियोगितामा १६ टिमको सहभागिता,२९ दिनसम्म हुने प्रतियोगिताको फाइनल भने आगामी कात्तिक २८ मा हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?