अमेरिकी धर्म प्रचारकहरूलाई हाइटीमा बन्धक बनाइएको तथ्य सार्वजनिक 

लोकपथ
65
Shares

काठमाडौं । अमेरिकी धर्म प्रचारक र तीनका परिवारका सदस्यहरूलाई सशस्त्र गिरोहले हाइइटीको राजधानी पोर्ट(ओ(प्रिन्स नजिकै बन्धक बनाएका विवरण आएका छन्।

एउटा अनाथालयको भ्रमण सकेर फर्कँदै गर्दा कम्तीमा १५ जनालाई बसबाट ओरालिएको हाइटीको सुरक्षा संयन्त्रले सञ्चारमाध्यमहरूलाई बताएको छ।

घटनाबारे थोरै कुराहरू मात्रै आएका छन् र अमेरिकी अधिकारीहरूले आफू ती विवरणहरूबारे जानकार रहेको बताएका छन्।

हेइटीमा बन्धक बनाउने दर विश्वकै सबैभन्दा उच्चतम रहेको छ। त्यहाँ शक्तिशाली गिरोहहरूले कानुनविहीनताको अवस्थाको फाइदा उठाउँदै फिरौती उठाउन मानिसहरूलाई अपहरण गर्ने गर्छन्।

गएको जुलाई महिनामा राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएयता प्रतिद्वन्द्वी गुटहरू नियन्त्रण कायम गर्ने प्रयासमा छन् र कमजोर सुरक्षा अवस्थाले हेइटीका धेरै नागरिकको जीवनलाई कष्टकर बनाएको छ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?