परीक्षणसँगै घट्यो कोरोना संक्रमणदर, सक्रिय संक्रमित १२ हजार मात्रै !

लोकपथ
715
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ । परीक्षणको दरमा कमि भएसँगै कोरोना संक्रमितको संख्यामा समेत कमि आएको हो । जसको कारण सक्रिय कोरोना संक्रतिको संख्या १२ हजारमा आइपुगेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार २ सय ९७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर कुल ८ हजार ७७ जनामा कोरोना परीक्षण गर्दा ३ सय ८५ जनाको पीसीआर र ६ जनाको एन्टीजेन पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९८ हजार ३ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हालसम्म नेपालमा ७ लाख ८१ हजार ४ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ६ सय ८० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?