२१ मङ्सिर २०७८, मंगलवार

सुनसरी घटना : सत्यतथ्य बाहिर ल्याउन सरकार प्रतिबद्ध

२०७८,आश्विन,३१,आईतवार १७:२३

144
Shares

काठमाडौं । सरकारले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ ।

गृह मन्त्रालयमा आज मुस्लिम समुदायसँगसम्बन्धित संघ संस्थाका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो काम रहेको बताए। उनले सामाजिक सद्भाव कायम गरी सत्यतथ्य बाहिर ल्याउन सरकार र आफू संवेदशील रहेको बताए।

सबै नागरिक आफ्नो धर्म संस्कृति अवलम्बन गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उनले सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको त्यसमा आफू प्रतिबद्ध रहेको बताए।

ज्ञापनपत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानविन समितिलाई भङ्ग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानव अधिकारकर्मीसहितका विज्ञ टोली गठन गर्न माग गरिएको छ । मन्त्री खाँडले स्थानीयले विश्वास गर्नेगरी अहिलेको छानविन समितिका सदस्यलाई फेरबदल गर्ने विषयमा कुराकानी भएको जानकारी दिए ।

मन्त्रालयमा ज्ञापनपत्र बुझाउन इस्लामी संघका अध्यक्ष खुर्शिद आलम, नेपाल मुस्लीम सङ्घका महासचिव रहमतुल्ला मियाँ, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीसहित ११ जना प्रतिनिधिको टोली सहभागी थियो ।

प्रकाशित मिति: २०७८,आश्विन,३१,आईतवार १७:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली काँग्रेसका युवा नेता जगदीश्वर नरसिंह केसीले बीपीले परिकल्पना गरेको काँग्रेसको निष्ठा र आदर्श अब घाटमा पुग्न दिन नहुने बताएका

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका

कांग्रेस सभापतिका आकांक्षी डा शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि (बुधबार) साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२
इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३