बन्दाकोबीको पात खाँदा दिमागमा जान सक्छ यो कीरा

लोकपथ
4k
Shares

स्वास्थ्यको दृष्टिकोणले बन्दाकोबीको पातलाई स्वास्थ्यवर्धक खानेकुरा मानिन्छ । तर, बन्दाकोबीको पात खाँदा भने विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यदि यसको पातलाई खाने व्यक्तिले सावधानी नअपनाउने हो भने यसले खतरनाक समस्या निम्त्याउन पनि सक्छ ।

चिकित्सकहरूका अनुसार बन्दाकोबीको पातमा टेपवार्म (फित्ते किरा) पाइन्छ । यो कीराले सोझै मस्तिष्कमा असर गर्ने खालको हुन्छ ।

आजकाल अधिकांश खानेकुरामा बन्दाकोबी व्यापक प्रयोग हुने गरेको छ । घरमा स्वास्थ्यका लागि खानेदेखि बजारमा खाइने फाष्ट फुडहरू मम, चाउमिन, बर्गर र सलादजस्ता विभिन्न किसिमका खानेकुरामा यसको प्रयोग भइरहेको हुन्छ ।

बन्दाकोबीको विभिन्न समयमा गरिने परीक्षणमा यसमा टेपवार्म (फित्ते किरा) को अंश पाइएको थियो । फित्ते किरा शरीरभित्र प्रवेश गरेपछि पेटको भित्री भाग म्युकोसालाई छेडेर रगतको मुख्य धमनीमा जान्छ । यहाँ गएपछि यसले रगतमा मिसिएर मस्तिष्कमा जाने गर्छ ।

फित्ते कीरा शरीरमा प्रवेश गरेर मस्तिष्कमा पुगेपछि मेनेन्जाइटिस हुने, मुर्छा पर्ने, मस्तिष्क सुन्निने, मस्तिष्कसम्बन्धी विभिन्न किसिमका समस्याहरू हुने गर्छ ।

यो समस्या हुन्छ भने बन्दाकोबी खानै नहुने त होइन । बन्दाकोबीलाई काट्नुभन्दा अगाडि यसको पातलाई राम्ररी र सफा पानीले ४–५ पटक धुनै पर्छ ।

बन्दाकोबीलाई केलाउँदा, पानीमा पखाल्दा कतै त्यसमा कीरा त छैन भनेर विशेष ध्यान दिएर हेर्ने गर्नुपर्छ । यदि कीरा देखेमा त्यसलाई हटाउने गर्नुपर्छ ।

बन्दाकोबीलाई काट्ने बेलामा पनि कतै कीरा छ कि छैन भनेर विशेष ध्यान दिने र काटेपछि पनि एक पटक राम्ररी हेरेर मात्र पकाउने ।

बन्दाकोबीको पातलाई काँचै खाने हो भने अझ राम्ररी पखालेर मात्र खानुपर्छ । यसरी सफा गरेर बन्दाकोबीलाई राम्ररी पकाएर खानु सम्भावित खतरालाई टार्नु पनि हो ।

यस्ता किसिमको कार्य गरेर तपाईँले बन्दाकोबी खानुभयो भने त्यो स्वास्थ्यको दृष्टिकोणले पनि सुरक्षित मानिन्छ । होइन भने यसले शरीरमा थप जटिलता निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?