अमेरिकाको हेमार्कट नगरपरिषद सदस्यमा मधुसुदन पन्थी विजयी

वाशिंगटन डिसी : नेपाली मूलका मधु सुदन पन्थी अमेरिकास्थित भर्जिनिया राज्यको हेमार्केट नगरपालिकाको नगर परिषद् सदस्य पदमा निर्वाचित भएका छन् । 

आज भएको मतदानमा पन्थी नगर परिषद सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचनअघि पन्थीले उक्त नगरका ९ सय घरमा घरदैलो अभियानमा सञ्चालन गरेका थिए । पन्थीले जुलार्इ १ तारिखमा सपथ ग्रहण गर्नेछन् । 

नव निर्वाचित पन्थी नगर योजना आयुक्त पनि हुन् । टाउन अफ हे मार्केटको लागि पन्थी सहित जम्मा ७ जना योजना आयुक्तमा नियुक्त भएका मध्ये ६ जना अमेरिकन मुलका रहेका थिए । सपथ ग्रहणपछि उनि नगर परिषद सदस्य हुनेछन् । 

अर्घाखाँचीका पन्थी विगत १५ बर्षदेखि परिवारसहित अमेरिकामा बसोबास गर्दै अाएका छन् । समाज सेवाको सक्रिय पन्थी डिसी महानगर क्षेत्रको क्रियाशील सामाजिक संस्था अमेरिका नेपाली सहयोगी समाजका संस्थापक संरक्षक पनि हुन् ।

नगर सदस्यमा निर्वाचित भएपछि प्रतिक्रया दिँदै पन्थीले  नेपाल र नेपालीको लागि नाम र प्रतिष्ठा उच्च राख्नेगरि कार्यसम्पादन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?