कुश्मा नगरपालिकाद्वारा नेपाली फुटबल टिमलाई २ लाख सहयोग गर्ने घोषणा

लोकपथ
338
Shares

काठमाडौं । कुश्मा नगरपालिका पर्वतले नेपाली फुटबल टिमलाई नगद सहयोगको घोषणा गरेको छ । साफ च्याम्पियनसिपको फारुइनल पुगेको भन्दै नेपाली फुटबल टिमलाई नगद दुई लाख रुपैयाँ सहयोग गर्ने कुश्मा नगरपालिकाले घोषणा गरेको हो ।

“नेपाली फुटबल टिम ऐतिहासिकरुपमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरी भारतसँग उपविजेताको रुपमा शान्दार प्रदर्शन गर्दै नेपाली फुटबल क्षेत्रको उन्नयनका लागि उत्कृष्ट योगदान पुर्याएकोमा सम्मानस्वरुप नेपाली फुटबल टिमको लागि कुश्मा नगरपालिका, पर्वतको तर्फबाट नगद रु दुई लाख प्रदान गर्ने घोषणा गरेको छु,”

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सामाजिक सञ्जालमा भनेका छन् ।

गएराति भएको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनल पुगेको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?