काठमाडाैं : सिन्धुपाल्चोकको ईन्द्रवति गाँउपालिका १० सिस्ने खोलामा गएराति साढे ९ बजे बा ४ ख ६२३५ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अन्य तीन जना घार्इते भएका छन् ।
दुर्घटनामा ट्रकका चालक सिन्धुपाल्चोक बाह्रबिसेका २५ वर्षिय बिकाश तामाङ्गको मृत्यु भएको हो । मिनीट्रकमा सवार सिन्धुपाल्चोक ईन्द्रवति गाँउपालिका १० का २५ वर्षिय सुमन तमाङ्ग ,२८ वर्षिया प्रमिला तामाङ्ग र २० वर्षिया मनिता तामाङ्ग घाइते भएका छन् ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको महानगरीय ट्राफिक प्रहरी विभागले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया