परपुरुषसँग श्रीमतीलाई परालको थुप्रोमा आपत्तिजनक अवस्थामा भेटाएपछि…

लोकपथ
9.2k
Shares

काठमाडौं । छिमेकीसँग मिलि श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उप(महानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २९ को बिष्णु चौधरी र सोही स्थान बस्ने २७ वर्षीया अमृता चौधरी रहेका छन् ।

प्रहरीका अनुसार विष्णु र अमृताबीच केही वर्षदेखि अवैध सम्बन्ध रहेको थियो । त्यस्तै असोज २९ गते शुक्रबार राती अमृताका श्रीमान रमेश चौधरीले दुवै जनालाई आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेका थिए ।

घरनजिकै परालको थुप्रोमा आपत्तिजनक अवस्थामा रहेका उनीहरुलाई रमेशले देख्नेबित्तिकै विष्णुमाथी जाइलागेका थिए । तर विष्णुले उल्टै रमेशलाई प्रतिकार गरेका थिए भने विष्णु र अमृता मिलेर रमेशको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुबीच पहिल्यै पनि सम्बन्ध रहेको रमेशलाई जानकारी भएको र विभिन्न बहानामा श्रीमतीले त्यसलाई आलटाल गर्दै आएकी थिइन् ।

सोही रात रमेशको हत्यापश्चात अमृता र विष्णुले उनको शवलाई १५० मिटर टाढा खुटिया नदि नजिक सडकमा फालेका थिए । दुवै जना उक्त घटनालाई गोप्य राख्ने सर्तमा दुवै छुट्टिएका थिए । मृतक रमेशका आफन्तले आइतबार (आज) विष्णु र अमृतालाई विपक्षी बनाइ प्रहरीमा उजुरी दिएका थिए । आज नै उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?