काठमाडौं । संयुक्त राष्ट्रसंघले सेन्ट्र अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा जारी गरेको युद्धविरामको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हिंसाग्रस्त सो देशको सरकारले एकतर्फी रुपमा शुक्रबार युद्धविराम गरेको छ ।
अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गर्दै अर्को पक्षलाई पनि वार्ताको टेबलमा बस्न तथा शान्तिपूर्ण रुपमा समाधान खोज्न महासचिव गुटेर्रेसले आग्रह गरेका छन् ।
उनले मध्य अफ्रिकी यस देशका सबै पक्षलाई शान्तिपूर्ण वार्ताका माध्यमबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया