सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

RSS
182
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले सुदूरपश्चिमका कार्यालय आज पनि बन्द रहेका छन् ।

संघीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दशैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दशैँकै अवसरमा थप एक दिन बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार दशैँ लागि भनेर २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको थियो । बैठकले सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?