तास खेलिरहेका ११ जना जुवाडे पक्राउ

लोकपथ
448
Shares

काठमाडौं । तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नो कोठामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?