काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनपछी स्वतन्त्र रहेका नेता प्रभु साहले पछिल्लो समय तराईका जिल्लाहरुमा राजनीतिक सक्रियता तीव्र पारेका छन् ।
नेता साहको पक्षमा प्रदेश नं २ को बारा जिल्लामा समेत व्यापक जनसमर्थन देखिएको छ।
शनिबार बाराको सिम्रौनगढ र बेलहियामा आयोजित साह उपस्थित शुभकामना आदानप्रदान कार्यक्रममा हजारौँको सहभागीता देखिएको हो।
हिन्दूहरुको महान पर्व दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा बाराको सिम्रौनगढ नगरपालिकास्थित नारिवास र प्रसौनी नगरपालिका बेलहयामा भएको अन्तरक्रिया कार्यक्रममा नगरवासीको भिड लागेको थियो।
कार्यक्रममा सिम्रौनगढ नगरपालिकावासीले पूर्वमन्त्री समेत रहेका साहलाई बाराको क्षेत्र नं १ बाट चुनाव लड्न समेत आग्रह गरेका छन्। बाराका क्षेत्र १ को जनता विकासबाट बन्चित रहेको भन्दै नगरको समाजसेवी तथा युवावर्गले त्यहाँको विकासको लागि त्यहाँको जनप्रतिनिधि नेता साहलाई बनाउनुपर्ने कार्यक्रममा उपस्थितहरुले बताए।

प्रत्येक वर्ष प्रदेश २ मा ४० अर्ब बजेट आईरहेको बताउँदै नेता साहले प्रदेश २ सरकारले विकास निर्माणमा असक्षम रहेको र बजेटमा चरम भ्रष्टचारमा लिप्त रहेको आरोप लगाए। हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार स्वरुप ३० देखि ४५ प्रतिशतसम्म कमिसन पाइरहेको जानकारी गराउँदै नेता साहले प्रहरीले पाउने यस्तो किसिमको कमिसनको व्यवस्था नै हटाउनुपर्ने माग समेत बताए ।
कमिसनको लोभमा प्रहरीले जबरजस्ती तस्करीको सामान भनी गरिब नागरिकलाई दुःख दिने गरेको नेता साहको आरोप रहेको छ । आफनो दैनिकी चलाउन भारतीय बजारबाट किराना, कपडा, मलखाद्यलगायतका सामान खरिद गरी ल्याएको सामानलाई बोर्डरमा नेपाली सुरक्षाकर्मीले अवैध भनी पक्राउ गरी अनावश्यक दुःख दिने कार्य स्वीकार्य नभएको उनले बताए ।
सो कार्यक्रममा उपस्थित नि. वर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहा, यूवा नेता राजन यादव,त्रिभुवन साह, आई.टी. आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साह र प्रवक्ता विजय यादव निर्विज लगायतका वक्ताहरुले आई.टी.आर्मीलाई सशक्त बनाउन एकता सहकार्य, समन्वय, आपसी सदभाव कायम गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया