टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु, पहिलो खेलमा ओमान र पपुवा न्युगिनी भिड्दै

लोकपथ
650
Shares

काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज आइतबार बाट सुरु हुँदैछ ।

टी-ट्वान्टी विश्वकप क्रिकेटको पहिलो दिन दुई खेलहरु हुँदैछन् ।ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनी भिड्ने छन् । ओमान र पपुवाबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।

यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ ।

दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?