काठमाडौं भित्रिन थाले सर्वसाधारण, नागढुंगामा चेकिङमा कडाइ

लोकपथ
546
Shares

काठमाडौं । दशैँ मनाउन गाउँ फर्किएकाहरु काठमाडौं उपत्यका भित्रिन थालेका छन् ।

काठमाडौं भित्रिने मुख्य नागढुंगामा गाडीको चाप देखिन थालेको छ । कोरोना महामारी र सुरक्षालाई मध्यनजर गर्दै नागढुंगामा प्रहरीले चेकिङमा कडाइ गरेको छ । प्रहरीले नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने प्रत्येक सवारी साधनमा यात्रुले मास्क लगाएको नलगाएको साथै गाडीभित्र सामाजिक दूरी कायम भएको नभएको लगायत हेर्ने गरेको छ ।

त्यसैगरी मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको हो ।

आम सर्वसाधारणहरु दशैँ मनाउन काठमाडौंबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल देख्न थालिएको छ ।

आजबाट सरकारी कार्यालय समेत सञ्चालनमा आएको छ भने अन्य गैरसरकारी संस्था तथा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?