काठमाडौं । देशभर दशैँमा आफ्ना मान्यजनको हातबाट टीका तथा ग्रहण गर्ने कार्य जारी रहेको छ । करिब १० लाख बढी मानिसहरु दशैँ मनाउन काठमाडौं छाडेपछि गाँउ छरमा चहलपहल बढेको छ भने काठमाडौं उपत्यका पनि सुनसान प्राय देखिएका थिए ।
दशैँको यो समयमा मौषम पनि सफा र मनोरम हुने गरेको छ । हिमाल, सुन्दर पहाड, फुलेका फुल, धान झुलेकार फरक-फरक दृश्य देख्न सकिन्छ ।
दशैँमा देखिएका मनोरम दृश्यहरु हामीले प्रस्तुत गर्न लागेका छौं ।
समून्द्र सतह देखि चार हजार २०० मिटर उचाइमा अवस्थित नेपाल र चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ सुक्खा बन्दगाह क्षेत्र । तस्बिर: दिलकुमार लिम्बु-रासस
ताप्लेजुङ र दार्चुला जोडने पदर्मागमा काठे पुल तस्बिर: दिलकुमार लिम्बु, रासस
रामेछाप, ओखलढुङगा र सिन्धुलीको सङगमस्थल नजिक गोलञ्जोर१ च्याकुटारबेसीबाट देखिएको दृश्य । तस्बिर: नारायण न्यौपाने, रासस
घोराही२ रामपुरका खेतमा लटरम्म झुलेको धान । यहाँ अन्नबालीको लागि उर्वर मानिन्छ । तस्बिर: रञ्जिता अधिकारी, रासस
घोराही उपमहानगरपालिका २ स्थित रामपुरको चेपे दहमा रहेको झोलुङ्गे पुलमा आन्तरिक पर्यटक । दशैँको बिदामा घरमा आएकाहरु यो पुलमा घुम्न आउनेको घोइँचो लाग्ने गरेको छ । तस्बिर: रञ्जिता अधिकारी-रासस
तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरबाट देखिएको अन्नपूर्ण हिमाल।
पर्यटकीय शहर पोखरास्थित फेवाताल किनारमा बिक्रीका लागि राखिएका मालालगायतका सामग्री खरीद गर्दै आन्तरिक पर्यटक । तस्बिर: कृष्ण दवाडी, रासस
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ ठूलाखर्क (अष्ट्रेलियन क्याम्प) बाट देखिएको माछापुच्छ्रे र फूलको सौन्दर्य । तस्बिर: राधिका कँडेल, रासस
पोखराको याम्दीस्थित सेती नदीको दृश्य । तस्बिर: राधिका कँडेल, रासस
शुक्लाफाँटा नगरपालिका१२ कालागौंडीका बासिन्दा गोरु गाडामा गन्तव्यमा जाँदै । अझै पनि एक ठाउँबाट अर्को ठाउँमा जानका लागि गोरु गाडाको प्रयोग हुने गरेको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, रासस
रामपुर नगरपालिका५ स्थित बेझाड खेतमा पाक्न लागेको धानबालीसँगै पृष्ठभूमिमा बेझाड बजारको दृश्य । तस्बिर: सुशीला रेग्मी, रासस
समुन्द्र सतहदेखि ४२०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मौवाटारस्थित तमोर नदी तर्दै याक।
बागलुङको जैमिनी नगरपालिका१० राङखानीमा रहेको प्रसिद्ध पर्यटकीय टापु हाँडिकोट । तस्बिर: तारानाथ आचार्य, रासस
बागलुङको जैमिनी नगरपालिका१० राङखानीमा रहेको प्रसिद्ध पर्यटकीय टापु हाँडिकोटबाट देखिएको पहाडहरुको लावालस्कर । तस्बिर: तारानाथ आचार्य, रासस
प्रतिक्रिया