७१ बर्षमा सपना बादीलार्इ नागरिकता

बाजुरा : बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । 

बिहेलगत्तै श्रीमान्को मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा वैशाख १४ गते शुक्रबार नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ । 

साविक गाविस र हालको नगरपालिकालाई जानकारी गराएपनि सपनाले नागरिकता बनाउन सकेकी थिइनन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले सपनाको नागरिकताका लागि नगरपालिका, प्रहरी प्रशासनसँग सहकार्य गरेको थियो । 

अर्काको छाप्रोमा बस्दै आएकी सपनालाई पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह र इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले नागरिकता बनाउन यातायात खर्च उपलब्ध गराएका थिए ।  

सपनाले बूढीगंगा नगरपालिका–७ का वडाध्यक्ष भवनसिं केसीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?