आजबाट सरकारी कार्यालय खुले, सेवाग्राहीको चाप कम

लोकपथ
429
Shares

काठमाडौं । नेपालीहरुको महान पर्व वडा दशैको बिदा सकिएसँगै आजबाट सरकारी कार्यालयहरु खुलेका छन् ।
असोज २६ गते फूलपातिका दिनदेखि सरकारी बिदाका कारण ५ दिनसम्म सरकारी कार्यालयहरु बन्दा रहेका थिए ।
फूलपातीदेखि एकादशिसम्म सरकारले दशैंको बिदा दिएको थियो ।

आज, दशैंको द्वादशीदेखि सम्पूर्ण कार्यलयहरु खुलेका हुन् । विजयादशमी भने कोजाग्रतपूर्णिमासम्म मनाउने चलन छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दशैं १५ दिनसम्म मनाउने गरिन्छ । आजबाट सरकारी कार्यालयहरु खुलेपनि सेवाग्राहीको चहलपहल भने कम छ । त्यस्तै टाढा घर भएका सरकारी कर्मचारी पनि कार्यालय आइपुगेका छैनन् जसले गर्दा कार्यालयहरुमा पनि कर्मचारीको संख्या न्यून छ ।

देशका विभिन्न स्थानबाट काठमाडौंलाई कर्मथलो बनाएका मानिसहरु दशैं मनाउन आ–आफ्नो पुख्र्यौली थलो गएपछि उनीहरु नफर्किदासम्म केही दिन काठमाडौं उपत्यकाका मानिसहरुको चहलपहल घट्ने गरेको छ । यो वर्ष पनि १० लाख भन्दा बढी मानिसहरु काठमाडौं उपत्यका छोडेर दशै मनाउन आफ्नो घर फर्किएका छन् । दिनहुँ जसो ट्राफिक जाम झेल्नु पर्ने काठमाडौं उपत्यकामा केही दिन यतादेखि भने सडकमा सवारीसाधनको चाप छैन ।

बिगतमा फूलपातिदेखि कोजाग्रत पूर्णिमासम्म सरकारी बिदा दिने चलन भएपनि केही वर्ष यता दशैका बिदा कटौती गरिएको हो । दशैको टिका भने कोजाग्रत पूर्णिमासम्मै लगाउने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?