जसपाको पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

लोकपथ
494
Shares

काठमाडौं । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका-४, पोखरियामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाली कांग्रेस र एकीकृत माओवादीका सयौं कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस र एकीकृत माओवादी पार्टी परित्याग गरेर जसपामा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, सर्लाहीको निर्वाचन क्षेत्र नं- २ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए । अब जसपा देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत मन्त्री यादवले दावी गरे ।

मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले शुभ दिपावली एवं छठ पर्वको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता एवं उपस्थित सम्पुर्ण जनसमुदायमा सुख, शान्ति, सु(स्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका थिए ।

मन्त्री यादव सर्लाही निर्वाचन क्षेत्र नं- २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सदस्य हुन् ।

मन्त्री यादवको प्रमुख आतिथ्यता रहेको पार्टी प्रवेश कार्यक्रमका अध्यक्ष चन्द्रनगर गाउँपालिका जसपा पार्टी अध्यक्ष अजय महतो रहेका थिए ।

No description available.

कार्यक्रममा प्रदेश नं- २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री मा। राम नरेश राय, प्रदेश सांसद संजय यादव, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, कबिलासी नपाका मेयर कौशल किशोर यादव, सर्लाही निर्वाचन क्षेत्र नं- २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय, ब्रहम्पुरी गाउँपालिका वडा नं- ४ का वडा अध्यक्ष अताउल रहमान लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घोषण चन्द्रनगर गाउँपालिका वडा नं- ५ का वडा अध्यक्ष नन्दलाल रायले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?