साथीको घर जान्छु भनेर हिँडेका चौधरी मृत भेटिए

लोकपथ
455
Shares

धनगढी । कैलालीको धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बस्दै आएका अन्दाजी २५ वर्षीय रमेश चौधरी मृत फेला परेका हुन्।

कैलाली प्रहरीका अनुसार शवको प्रकृति हेर्दा हत्या गरिएको आशंका रहेको छ । प्रहरीले हत्याकै आशंकामा रमेशकी श्रीमती अमृता चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

आइतबार बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको बताउदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।

शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा मृतककी श्रीमती, उनको केटा साथी बिष्णु चौधरीले घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरी उपरीक्षक अधिकारले बताए ।

अन्य दुई जनाको बारेमा भने घटनामा संलग्न रहे नरहेको अनुसन्धान भैरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?