घरायसी विषयमा झगडा हुँदा एक जनाको मृत्यु, अभियुक्त पक्राउ

लोकपथ
406
Shares

काठमाडौं । रसुवामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । घरायसी विषयमा झै-झगडा भई कुटपिट हुँदा नौकुण्ड गाउँपालिका-५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृत्यु भएको हो ।

आपसी झगडामा उनकै पति ७८ वर्षीय बुद्धी बहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा पिंढीबाट आँगनमा बजारिन गई गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि त्रिशुली अस्पताल नुवाकोट पठाएकोमा उपचारको क्रममा शनिबार बेलुकी उनको मृत्यु भएको हो ।

कुटपिटमा संलग्न बुद्धीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?