४४ वर्षीया महिलालाई बलात्कार गर्ने १७ वर्षीय किशोर पक्राउ

लोकपथ
3.2k
Shares

काठमाडौं । तनँहुमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?