फेसबुकमामा कमेन्ट गरेकै कारण पेस्तोल ताक्ने नवनित पक्राउ

लोकपथ
1.3k
Shares

काठमाडौं । सर्लाहीमा १ थान पेस्तोलसहित एक जना पक्राउ परेका छन् । बलरा नगरपालिका-३ लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झालाई १ थान पेस्तोल र १ थान म्याग्जिन सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३५ वर्षीय बिनय झा र नवनितबिच फेसबुकमामा कमेन्ट गरेको विषयलाई लिएर बादबिवाद हुँदा नवजितले बिनयलाई पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी बलरामाबाट खटिएको प्रहरीले नवजितलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?