२१ मङ्सिर २०७८, मंगलवार

धनुषामा घाँटी काटिएको अवस्थामा शव फेला, कुकुरसहितको टोली अनुसन्धानमा

२०७८,आश्विन,३१,आईतवार १०:५६

279
Shares

काठमाडौं । धनुषामा घाँटी काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

धारिलो हतियार प्रहार गरी हत्या गरिएको र शव झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनास्थलमा अहिले कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,३१,आईतवार १०:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१) निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्ममा दल दर्ता

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका पवन सिंहलाई व्यवसायी एवं व्यापारी मात्रै भने त्यो अपूरो हुन्छ । दाहसंस्कारका लागि प्रायः सबैतिर

काठमाडौं । उपल्लो डोल्पामा बाक्लो हिमपात भएको छ । हिमपात पछि डोल्पोबुद्ध गाउँपालिका-१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् ।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२