२१ मङ्सिर २०७८, मंगलवार

सुनिल क्षेत्रीले गरे मेस्सीसँग गोल संख्यामा बराबरी

२०७८,आश्विन,३१,आईतवार १०:४४

5.697k
Shares

काठमाडौं । भारतका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरी गरेका छन् ।

माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध गोल गर्दै सुनिलले मेस्सीसँग बराबरी गरेका हुन् ।

नेपालविरुद्धको गोलसँगै सुनिलले ८० अन्तराष्ट्रिय गोल पूरा गरे । र, उनले मेस्सीको गोल संख्यासँग बराबरी गरे । ३७ वर्षीय सुनिलले १ सय २४ खेलमा ८० गोल गरेका हुन् । मेस्सीले १ सय ५६ खेलमा ८० गोल गरेका हुन् ।

कप्तान सुनिल सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने हाल सक्रिय फुटबल खेलाडीको सूचीको तेस्रो स्थानमा रहेका छन् ।

सुनिल अघि पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी रहेका छन् । रोनाल्डोले १ सय १५ गोल गरेका छन् ।

प्रकाशित मिति: २०७८,आश्विन,३१,आईतवार १०:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज ९मंगलबार० समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’का खेलहरू हुँदैछन् ।

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि/कर्मचारी कप फुटसल प्रतियोगिता यही मंसिर २४ र २५

काठमाडौं । प्रधानमन्त्री कप प्रदेशस्तरीय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सिरहा र महोत्तरी तथा सर्लाही र बाराबीच

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल इभर्टनसँग पराजित भएको छ । सोमबार राति भएको खेलमा इभर्टनले आर्सनललाई २-१ गोल

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२
इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८