साफ उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम भोलि स्वदेश फर्कने

लोकपथ
5.6k
Shares

काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छन् ।

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट चुकेको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।

लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?