नेपालको कोरोना : थप १ सय ४७ जनामा संक्रमण पुष्टि, संक्रमणमुक्त हुने दर ९७‍ प्रतिशत

लोकपथ
1k
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १ हजार ७७३ परीक्षणमा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ सय ४५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८० हजार ७७६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७‍.०३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २७८ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्ले २४ घण्टामा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्य काठमाडौंमा ६३ जना, ललितपुरमा २० र भक्तपुरमा ७ जना रहेका छन् ।

हाल देशभर १२ हजार ५९८ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?