२१ मङ्सिर २०७८, मंगलवार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु

२०७८,आश्विन,३०,शनिवार १५:३८

198
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा आज मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरबाट सप्तरीको वीरेन्द्र बजारदेखि उत्तर चुरेजङ्गलमा अवस्थित शनि मन्दिरमा आज पूजा गर्न जाने क्रममा दुर्घटनामा हुँदा उनको मृत्यु भएको छिमेकी धिरज झाले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा परेर मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय अमरनाथ यादवको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स२प ३३३३ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना५ख ९००० नंको बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बस चालक चितवन मारी नगरपालिकाका ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,३०,शनिवार १५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका पवन सिंहलाई व्यवसायी एवं व्यापारी मात्रै भने त्यो अपूरो हुन्छ । दाहसंस्कारका लागि प्रायः सबैतिर

काठमाडौं । उपल्लो डोल्पामा बाक्लो हिमपात भएको छ । हिमपात पछि डोल्पोबुद्ध गाउँपालिका-१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् ।

चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलबार प्रदर्शन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज

काठमाडौं । सप्तरीमा प्रहरीलाई हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बोदेबरसाईन नगरपालिका-९ स्वर्णपट्टी चौकमा ड्यूटी खटिएको प्रहरीलाई

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२
इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३