रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

लोकपथ
299
Shares

काठमाडौं । रुसमा कोरोना भाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म रुसमा हालसम्म ७९ लाख ५८ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ६९ लाख ८१ हजार ९ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

रुसमा हालसम्म २ लाख २२ हजार ३ सय १५ जनाको कोरोनाका कारण मुत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?