१३ मङ्सिर २०७८, सोमवार

मौषम अपडेट : आजदेखि वर्षाको सम्भावना

२०७८,आश्विन,३०,शनिवार १४:३०

1.413k
Shares

काठमाडौं । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन-चट्याङ-हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा बिहानदेखि घाम लागे पनि मध्याह्नदेखि क्षणिक रुपमा घाम ओझेलमा पर्नाका साथै खण्डित रुपमा कुहिरो देख्न सकिन्छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश नं १, २ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरीसहित भारी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यही असोज ३१ गते देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज काठमाडौंको अधिकतम तापक्रम ३१ दशमलव ८ र न्यूनतम तापक्रम १८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,३०,शनिवार १४:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका छन् ।उनी उपचारका लागि सोमबार

लमजुङ । बैंकिङ कसुरका फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेसीसहर नगरपालिका–३ बसौला

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको

धनगढी । सुदूरपश्चिम प्रदेश वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश हो । यही २४ गते हुनलागेको

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२