१३ मङ्सिर २०७८, सोमवार

अफगानिस्तानको कान्दाहारमा भएको हमलामा ३२ को मृत्यु, ६८ जना घाइते

२०७८,आश्विन,३०,शनिवार १४:१८

261
Shares

काठमाडौं । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ । सिया मुस्लिम समुदायका नागरिकको सो मस्जिदमा शुक्रबारको प्रार्थनाका बेलामा सो विस्फोट भएको थियो । शुक्रबार अपराह्न एकै पटक तीन वटा विस्फोट भएको थियो ।

विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको छ भने अरु कम्तीमा पनि ६८ जना घाइते भएका छन् । उक्त मस्जिदका झ्यालका सिसाहरू फुटेको र शवहरू भुइँमा देखिएका तस्बिरहरु सञ्चारमाध्यमहरुले दिएका छन् ।

तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले एक स्थानीय पत्रकारलाई बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको हो ।

अरु दुई जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रममण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेको थियो । शुक्रवारको साप्ताहिक प्रार्थना भएकाले मस्जिद पूरै भरिभराउ रहेको थियो । सोही मौका छोपेर यस्तो हमला गराइएको अनुमान गरिएको छ ।

तालिबानका सशस्त्र लडाकूहरुले पनि घटनास्थलमा सुरक्षा दिइरहेको बताएको छ । साथै यहाँका मस्जिदमा हिंसात्मक हमला हुने गरेकाले सुरक्षाकर्मीहरुले पनि मस्जिदमा सुरक्षा दिइरहेको बताइएको थियो ।

प्रकाशित मिति: २०७८,आश्विन,३०,शनिवार १४:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अष्ट्रेलिया सरकारले कोभिड–१९ को ओमिक्रोन संस्करणको बढ्दो चिन्ताको कारण देशको सीमानाहरू खुला राख्न ढिलाइ गरेको छ । प्रधानमन्त्री

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतबार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गर्नुरेका छन् ।

जापान । जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था

काठमाडौं । उत्तरी पेरुमा गएको ७।५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२