राहुल द्रविड भारतको क्रिकेट टिम मुख्य प्रशिक्षकमा नियुक्त

लोकपथ
2.5k
Shares

काठमाडौं । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । युएई र ओमानमा आयोजना हुने टी-ट्वान्टी विश्वकपपछि द्रविडले भारतीय टिम सम्हाल्ने छन् ।

रबि शास्त्रीले टी-ट्वान्टी विश्वकपपछि टोलि छाड्ने भएपछि भारतले द्रविडलाई मुख्य प्रशिक्षक चयन गरेको हो । भारतका पूर्व कप्तान समेत रहेका द्रविडलाई दुई वर्षको लागि मुख्य प्रशिक्षक चयन गरिने बताईएको छ ।

बीसीसीआईले भने आधिकारिक रुपमा केहि बताएको छैन । टी-ट्वान्टी विश्वकप अक्टोबर भोलि आइतबारबाट सुरु हुँदैछ । भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ ।

भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?