१३ मङ्सिर २०७८, सोमवार

बेलायतका एक सांसदको छुरा प्रहार गरी हत्या

२०७८,आश्विन,३०,शनिवार १३:५६

135
Shares

काठमाडौं । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उनको हत्या गरिएको समाचारमा जनाइएको छ । यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको छ । सांसद डेभिडको उनको आफ्नै निर्वाचन क्षेत्रको एक चर्चमा हत्या भएको हो ।

उनको निर्वाचन क्षेत्र एसेक्सस्थित एक चर्चमा मतदाताहरूसँगको भेटघाटका क्रममा छुरा प्रहार गरिएको थियो । त्यस हत्याको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ ।

त्यस स्थलबाट प्रहरीले चक्कु भेटेको जनाएको छ । प्रहरीले यस हत्यामा संलग्नलाई पक्राउ गरिएको जनाएको छ र अनुसन्धान जारी रहेको बताएको छ ।

यस हत्याको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले टोलीले यसमा आतंकवादीको हात रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले एक राम्रा राजनीतिज्ञ गुमाउनु परेको भन्दै त्यस दुःखद निधनप्रति शोक व्यक्त गरेका छन् ।

सांसद डेभिड ६९ वर्षका थिए । उनी सन् १९८३ देखि सांसद रहेका थिए । सांसद डेभिड आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेटघाट कार्यक्रममा रहेका बेला हत्या भएको बताइएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,३०,शनिवार १३:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अष्ट्रेलिया सरकारले कोभिड–१९ को ओमिक्रोन संस्करणको बढ्दो चिन्ताको कारण देशको सीमानाहरू खुला राख्न ढिलाइ गरेको छ । प्रधानमन्त्री

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतबार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गर्नुरेका छन् ।

जापान । जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था

काठमाडौं । उत्तरी पेरुमा गएको ७।५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२