एजेन्सी : प्रेमी– प्रेमिकाहरूबीच भारतको आगरास्थित ताज महलको चर्चा नौलो होइन ।
प्रेमी प्रेमिकाहरूले ताज महल हेर्न विशेषरूपले भारत जाने गर्छन् । यो सेतो मार्बलबाट बनेको यो भवनको रंग फेरिदै गएकोमा व्यापक चिन्ता व्यक्त गरिएको छ । भारतको सर्वोच्च अदालतले भारत सरकारलाई यसको विषयमा देश भित्र र बाहिरका विज्ञहरूको सल्लाह लिएर उपाय खोज्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले यसबारे चिन्ता व्यक्त गर्दै यस्तो निर्देश दिएका हुन् । १७औं शताब्दीमा मुगल सम्राट शाहजहाँले यमुना नदीको किनारमा रानी मुमताजको स्मरणमा यो ताज महल बनाउन लगाएका थिए । सेतो मार्बलले बनेको यो महल पहेलो, खैरो र हरियो रंगमा परिवर्तन भइरहेको छ । यसो हुनुमा यस क्षेत्रको प्रदुषण, भौतिक संरचना र कीराफटयांग्राका कारण रहेको जनाइएको छ ।
यो भवन बनाउन दैनिक ७० हजार मानिसलाई काममा लगाइएको थियो । यो विषयमा अर्को सुनुवाई ९ मेमा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया