शर्लिनले लगाइन् शिल्पा र राज कुन्द्रामाथि ठगी र मानसिक उत्पीडनको आरोप

लोकपथ
585
Shares

काठमाडौं । बलिउड अभिनेत्री शर्लिन चोपडाले राज कुन्द्रा र शिल्पा शेट्टीविरुद्ध ठगी र मानसिक उत्पीडनको उजुरी दिएकी छन्।

शर्लिन चोपडाले शिल्पा शेट्टी र उनको श्रीमान राज कुन्द्रालाई केहीसमय अघिबाटै विभिन्न आरोप लगाएकी थिइन् ।

आफ्नो सामाजिक सञ्जालमा लेख्दै शर्लिनले भनेकी छिन् -“मैले राज कुन्द्राविरुद्ध यौन उत्पीडन, धोका र धम्कीको लागी एफआईआर दर्ता गरेको छु।”

शर्लिनले राज कुन्द्राको जेएल स्ट्रीम कम्पनीका लागि तीन वटा भिडियोमा काम गरेकी थिइन्, तर भनेजति पैसा नदिएपछि शर्लिन भड्कीएकी थिइन् । शर्लिन चोपडाले ट्वीटरमा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनी मिडियासँग कुरा गरिरहेकी छिन्।

क्याप्सनमा शर्लिनले लेखेकी छिन् -“आज म राज कुन्द्रा र शिल्पा शेट्टीविरुद्ध उजुरी दर्ता गर्न मेरो कानूनी टोलीसँग जुहू पुलिस स्टेशन गएँ।”

अभिनेत्री शर्लिन चोपडाले अक्टोबर १४ मा दिन मुम्बई प्रहरीमा दर्ता गरेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?