सिरहामा इनारभित्र एक युवकको शव फेला

लोकपथ
273
Shares

काठमाडौं । सिरहामा इनारभित्र एक युवक मृत अवस्थामा फेला परेका छन् । सिरहाको नरहा गाउँपालिका-३ स्थित इनारमा गोलबजार नगरपालिका-८ बस्ने २० वर्षीय शत्रुधन महतो शनिबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाएको छ ।

उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?