काठमाडौँ- ‘हात्ती आयो ! हात्ती आयो ! फुस्सा !’ १३ दिनको समीक्षा बैठकपछि कांग्रेसले लिएको निर्णयलाई लिएर पार्टीका एक उच्च नेताको प्रतिक्रिया थियो, ‘निर्वाचन हारको विषयमा पार्टीभित्र जुन खालको विवाद भयो, त्यसलाई यो बैठकले अन्त्य गर्न सकेन ।’
चैत ९ देखि चलेको बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचन हारको जिम्मेवारी लिने कि नलिने भन्नेमा मुख्य विवाद थियो । सभापतिले आफ्नो कमीकमजोरी स्विकार्दै हारको जिम्मेवारी लिने गरी पार्टीले निर्णय लिनुपर्ने मुख्य अडानमा थिए, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला । देउवाले जिम्मेवारी अस्वीकार गरेपछि कांग्रेसभित्रको विवाद अझै तन्किएको छ ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल निर्वाचन हारको मुख्य कारण नै निर्णयमा नआएपछि अब यो बहस जिल्ला सभापति भेला र महासमिति बैठकमा पुग्ने बताउँछन् । ‘केन्द्रीय कार्यसमितिले निर्वाचन हारको कारणबारे विचारविमर्श अघि बढाउन ढोका खोलिदिएको छ,’ पौडेलले भने, ‘यही आधारमा जिल्ला सभापति भेला र महासमिति बैठकमा यो मुद्दा अघि बढाइनेछ ।’
युवा नेताहरू भने आफूहरूले बैठकमा प्रस्तुत गरेको दृष्टिकोणलाई पार्टी निर्णयमा सम्बोधन नगरिने देखेपछि फरक मत लेख्ने तयारीमा थिए । त्यसलाई रोक्न ‘पार्टी पराजयको सम्बन्धमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रममा प्रकट गरेका विविध विषयमा विमर्श हँुदै जानेछ’ भन्ने वाक्य निर्णयमा थपियो । जसलाई आधार मान्दै वरिष्ठ नेता पौडेल र सिटौला पक्षले निर्वाचन हार्नुमा सभापति देउवाको कार्यशैली र भूमिका नै मुख्य कारण रहेको मुद्दा स्थापित गराउने अभियानमा छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया